सेरेब्रल पल्सी सेन्टरलाई लक्ष्मी ग्रुपको सहयोग

Read Time = 2 mins

काठमाडौं । लक्ष्मी ग्रुपको ४९औँ वार्षिकोेत्सवका अवसरमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । हुण्डाई नेपालले हुण्डाई मोटरको मोबिलिटीसँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । ‘मोबिलिटी’ सबैका आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्तघात भएका व्यक्तिलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्य गर्दै आएको छ ।

साथै कम्पनीले सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीनरूपमा सशक्तीकरण गर्ने उद्देश्यले सेरेब्रल पल्सीसँग आबद्ध व्यक्तिलाई फर्निचर र अन्य सामग्री बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारका रूपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, ट्रेडिङलगायत अन्य उत्पादन र सेवाका लागि परिचित कम्पनीको प्रतिष्ठित समूह बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?