काठमाडौं । वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र भन्ने नाराका साथ काठमाडौंमा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन), नेपाल बिजनेस इन्स्टिच्युट(एनबिआई) को संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयको साझेदारीमा सम्मेलन आयोजना हुने भएको हो ।
सातवटै प्रदेशमा बृहत् नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद क्रमशः आगामी माघभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुनभित्र सम्पन्न गर्ने गरी सिबिफिन र एनबिआईबीच सम्झौता भएको छ । सिबिफिन कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनतर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको हो ।
ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार, उद्यमी-व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भिœयाउने, निर्यात प्रवद्र्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने सम्मेलनको उद्देश्य रहेको छ ।
सातवटै प्रदेशमा बृहत् नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने सम्मेलनमा आर्थिक तथा बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद क्रमशः माघभित्र र संघीयस्तरको सम्मेलन फागुनभित्र हुने बताइएको छ ।
शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिला उद्यम÷व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगको स्तरोन्नतिसहित नवप्रवर्तन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने आयोजकको अपेक्षा छ ।
प्रदेशस्तरीय बृहत् नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्व, व्यावसायिक संस्थाका नेतृत्व, सम्पूर्ण पालिकाका प्रमुख/उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीको व्यापक सहभागिता गराई बृहत् बहसको कार्यक्रम हुने र स्वदेशी उत्पादन प्रवद्र्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी प्रदर्शनी राखिने पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार समापन सत्रका रूपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ र कूटनीतिक नियोग तथा अन्तराष्र्टि«य दातृ संस्थाका उच्च अधिकारीको व्यापक सहभागितामा बृहत् नीति संवाद आयोजना गरिनेछ ।
सोही अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे ‘आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र’ विषयक राष्ट्रियस्तरको लेखन प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट २५ लेखलाई र्याङ्किङका आधारमा नगद पुरस्कार र प्रशंसापत्रबाट पुरस्कृत गरिनुका साथै सफल उद्यमी/व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थालाई समेत पुरस्कार प्रदान गरिने बताइएको छ ।
नीति संवाद तथा शिखर सम्मेलन समापनको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमबाट प्राप्त निष्कर्षको संश्लेषण/विश्लेषण गरी कोरोनापछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि सरकार र मातहतका निकायमा पेश गरिने र कार्यान्वयनका लागि संयुक्त पहल गरिने पनि आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच