प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

पोखरा । नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २०औँ जयकर स्मृति एटिएफ यू-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गल्र्स सिंगल्सको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालाई ६-१, २-६ र ६-४ ले पराजित गर्नुभयो भने स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाउनुभयो । उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६-४ र ६-२ तथा भारतकी तनिशा भट्नागरले नेपालकी जेनी खड्कालाई ६-१ र ६-२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुग्नुभयो ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४-६, ६-१ र ६-२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६-० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६-२ र ६-१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६-१ र ६-० को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

ब्वाइज डबल्समा भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शाश्वत बज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६-४ र ६-१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६-१ र ६-१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६-० र ६-० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६-३ र ७-५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?