काठमाडौं । बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् ।
शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् ।
सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गर्नुभएकाे छ भने सांसद राईले नेपाली भाषामै शपथ लिनुभएकाे छ । बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।
शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा भएकाे कारणले सपथ हुन लिन पाएका थिएनन् । अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच