माओवादी केन्द्रका दुई सांसदले लिए शपथ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् ।

शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका  रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् ।

सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गर्नुभएकाे छ भने सांसद राईले नेपाली भाषामै शपथ लिनुभएकाे छ । बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा भएकाे कारणले सपथ हुन लिन  पाएका थिएनन् । अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?