पाल्पामा बस दुर्घटना: एकको मृत्यु, १० घाइते

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ जोरधारामा बस दुर्घटना भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज विहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको पहिचान हुन सकेको छैन् ।

दुर्घटनामा अन्य १० जना यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइतेको उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज ल्याइएको छ ।

बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?