दक्षिण भारतीय अभिनेता कैकला सत्यनारायणको निधन

Read Time = 1 min

मुम्बई । दक्षिण भारतीय अभिनेता कैकला सत्यनारायणको निधन भएको छ । सत्यनारायणको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । उहाँ लामो समयदेखि उमेरसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । सत्यनारायणको निधनमा धेरै कलाकारले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।

सत्यनारायणले अभिनेत्री नागेश्वरम्मासँग १० अप्रिल १९६० मा विवाह गर्नुभएको थियो । दम्पतीका दुई छोरी र दुई छोरासहित चार सन्तान छन् । उहाँले आफ्नो करियरमा करिब ७५० चलचित्रमा काम गर्नुभएको छ । उहाँ अभिनेतासँगै चलचित्र निर्माता पनि हुनुहुन्थ्यो । उहाँले तेलुगु ब्लकबस्टर चलचित्र ‘केजीएफ’ पनि बनाउनुभएको थियो ।

यसबाहेक सत्यनारायण राजनीतिमा पनि आबद्ध हुनुहुन्थ्यो । उहाँ सन् १९९६ मा मछलीपट्टनम निर्वाचन क्षेत्रबाट सांसद पनि हुनुभएको थियो । त्यसपछि अर्को चुनाव हारेपछि सत्यनारायणले राजनीति छोडेर चलचित्रमा सीमित हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?