रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराका अनुसार लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको हो ।
यसअघि सभापति रविले आफू सरकारमा सहभागी हुने पक्का भएको जानकारी दिँदै मन्त्रालय टुंग्याउने जिम्मा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको बताउनु भएको थियो ।

२० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो ।

एमाले–माओवादीसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै हुुनुहुन्छ। प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीको पनि शपथको तयारी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?