अभि उपसर्गपूर्वक जित्ने अर्थबोधक ‘जि’ धातुमा ‘क्विप्’ प्रत्यय लागेर अभिजित् शब्दको निर्माण हुन्छ । विजयी हुने, जित्ने अझ भनांै विशेष प्रकारले जित्ने भन्ने अभिजित् शब्दको अर्थ हुन्छ । यही जित्ने वा शुभ हुने समयका रूपमा ज्योतिष शास्त्रमा अभिजित् मुहूत्र्त (समय) को निर्धारण हुने गर्दछ । आकाश मण्डलमा उत्तराषाढा र श्रवण नक्षत्रका बीचमा देखिने त्रिकोण आकृतिको ताराको पुञ्ज विशेषलाई अभिजित् नक्षत्र भनिन्छ । ग्रह गणनार्थ आकाशीय गोलाकृतिलाई ३६० अंशमा परिकल्पना गरिएको छ । उक्त ३६० अंश (डिग्री) लाई १२ भागमा विभाजन गरिएको छ । जसलाई राशि भनिन्छ । एक राशिमा ३० अंश हुन्छ ।
यसैगरी सोही गोला कृतिलाई २७ भागमा विभाजन गरी नक्षत्र कक्षा निर्धारण गरिएको छ । यसरी ३६० अंशको चक्र (गोल) लाई २७ ले भाग गर्दा १३.३३३३ अंश एक नक्षत्रमा पर्ने गर्दछ । यसरी आकाशका तारासमूहलाई २७ विभाजन गरी ग्रहगोलीय अध्ययन अनुसन्धान हुने गर्दछ । अभिजित् यिनै २७ नक्षत्रमध्ये उत्तराषाढा नक्षत्रको अन्तिम चतुर्थांश (लगभग १५ घडी) र श्रवण नक्षत्र भोगांशको १५औं अंश (लगभग ४ घडी) गरी जम्मा १९ घडी (हाराहारी) को समयलाई अभिजित् भनी सम्बोधन गरिन्छ । भचक्र (नक्षत्रगोल) लाई २७ भागमा विभाजन गरिएकाले अभिजित् नक्षत्रको स्वतन्त्र अस्तित्व अर्थात् १३.३३३ अंशको स्थान आकाश परिकल्पित गरी प्रदान गरिएको छैन ।
आइतबार सूर्योदयकालिक समयमा अभिजित् नक्षत्र भए मूसल, सोमबार अभिजित् नक्षत्र भए काण, मंगलबार पद्म, बुधबार मुद्गर, बिहिबार ध्वङ्क्ष, शुक्रबार कालदण्ड र शनिबार सूर्योदय कालमा अभिजित् नक्षत्र भए चर नामक आनन्दादि योग हुन्छ ।
यसैले नक्षत्रको सङ्ख्या २७ नै लिनुपर्दछ तर आकाशमा त्रिकोण आकृतिका चम्किला तारा समूह (अभिजित्) को पनि देखिने वा प्रतिनिधित्व रहने भएकाले कार्य विशेषमा यसको विशेष उपयोग हुने गर्दछ । सामान्य अवस्थामा २७ नक्षत्र नै हुन् र यिनै २७ नक्षत्रका आधारमा आकाशीय ग्रह गणना, पञ्चाङ्ग गणना, हाम्रो नाम निर्धारण हुने गर्दछ । विशेष अवस्थामा वा अभिजित् नक्षत्रको समयमा जन्म भएको समयमा भने अभिजित् (जु जे जो खा) नक्षत्रबाट पनि नाम निर्धारण गर्न सकिन्छ । यसैले अभिजित् विशेष समय द्योतन गर्ने आकाशीय ताराको समूह (नक्षत्र) हो ।
अभिजित् नक्षत्र साधन
चन्द्रमाको गतिका आधारमा नक्षत्रको निर्धारण हुने गर्दछ । चन्द्रमा जुनताराको समूह (नक्षत्र) का स्थानमा पुग्छन् उक्त दिन सोही नक्षत्रको मानिन्छ । सोही नक्षत्रका आधारमा हाम्रा ज्योतिषीय एवं दैनन्दिनी व्यवहार चल्ने गर्दछन् । अभिजित् नक्षत्रको परिभाषा यसरी गरिएको छ : ‘...वैश्व-प्रान्त्याङ्घ्रिः श्रुतितिथिभागतोद्रभिजित्स्यात् ।।’ (मुहूत्र्तचिन्तामणि, विवाह प्रकरण, श्लो.५५) अर्थात् वैश्वप्रान्त्यङ्घ्रिः द्रउत्तराषाढा नक्षत्रको अन्तिम पाउ र श्रुतितिथिभागतः श्रवण नक्षत्रको सुरुको १५औं भाग । अभिजित्स्यात्=अभिजित् नक्षत्र हुन्छ । उत्तराषाढा नक्षत्र १३.३३३ अंशको हुन्छ ।
पहिलो चतुर्थांश (चार भागको एक भाग) ३.३३३ अंशको हुन्छ । ६.६६६ दोस्रो, १०.० तेस्रो र १३।३३३ तेस्रो चतुर्थांश हुन्छ । यसैले चन्द्रमा १०.० अंशदेखि १३.३३३ अंशमा रहँदा उत्तराषाढा नक्षत्रको अन्तिम पाउ हुन्छ । यही अन्तिम पाउलाई अभिजित् पनि भनिन्छ । यसै गरी श्रवण नक्षत्रको पहिलो पाउमा ३.३३३ अंश हुन्छ । यसलाई १५ ले भाग गर्दा ०.८८८ अंश हुन्छ । यो श्रवण नक्षत्रको पन्ध्रौँ भाग ०.८८८ अंशलाई पनि अभिजित् भनिन्छ । अर्थात् अभिजित् नक्षत्रको पूर्ण भोग मान ३.३३३ + ०.८८८=४.२२२ अंशको हुन्छ । यही ४.२२२ अंशादि मानलाई चार भाग गरी पहिलो भागमा जन्म भए जु, दोस्रो भागमा जन्म भए जे, तृतीय भागमा जन्म भए जो र चतुर्थ भागमा जन्म भए खाबाट पनि नाम राख्न सकिन्छ ।
यहाँ उत्तराषाढा अथवा श्रवण नक्षत्रबाट नाम राख्न पनि सकिन्छ । अभिजित्को समय प्राप्त भए अभिजित्बाट राख्ने चलन रहेको छ । यसरी चन्द्रमा जब २७६.६६६ अंशदेखि २८०.८ (२८०.८–२७६.६६६=४.२२२) अंशमा रहन्छन् उक्त समयमा अभिजित् नक्षत्र हुन्छ । (२७६.६६६ बाट स्पष्ट चन्द्रमा घटाई चन्द्र स्पष्ट गतिले भाग गर्ने र २४ ले गुणा गर्ने घण्टादि अभिजित् नक्षत्र आरम्भ मान प्राप्त हुन्छ । यसरी २७ नक्षत्रकै एक अंशका रूपमा अभिजित् नक्षत्रलाई लिइएको छ ।
अभिजित् नक्षत्रमा शुभकार्य
अभिजित् नक्षत्रलाई कार्य विशेषमा शुभ मानिएको वा लिइएको छ । आनन्दादियोग गणनामा अभिजित् सहितका नक्षत्रलाई लिइएको छ । आइतबार सूर्योदयकालिक समयमा अभिजित् नक्षत्र भए मूसल, सोमबार अभिजित् नक्षत्र भए काण, मंगलबार पद्म, बुधबार मुद्गर, बिहिबार ध्वङ्क्ष, शुक्रबार कालदण्ड र शनिबार सूर्योदय कालमा अभिजित् नक्षत्र भए चर नामक आनन्दादि योग हुन्छ । (मुहूत्र्तचिन्तामणि, शुभाशुभप्रकरण, श्लो.२५) वास्तुचक्र जुराउँदा अभिजित्सहितका २८ नक्षत्रलाई लिइएको छ (मुहूत्र्तचिन्तामणि, वास्तुप्रकरण, श्लो १४) अभिजित् नक्षत्रका स्वामी ब्रहृमा हुन् । जसलाई विधि, विरञ्चि, धाता, विधाता, क पनि भनिन्छ (पूर्ववत्,श्लो १) ।
यसै गरी अभिजित्लाई क्षिप्रसंज्ञक नक्षत्रको कोटिमा राखिएको छ । यस नक्षत्रमा आभूषण, शिल्प, कला प्रदर्शन आदिका कार्य गर्नु शुभ हुन्छ । आकाशमा अभिजित् नक्षत्रका तीन तारा रहेका छन् अर्थात् तीन ताराको समूह नै अभिजित् हो । (मुहूत्र्तचिन्तामणि, नक्षत्र प्रकरण, श्लो. ५८) त्रिकोणजस्तो स्वरूप अभिजित्को बताइएको छ । पूर्ववत् श्लो.६०) अभिजित् नक्षत्रमा सूर्य सङ्क्रान्ति भए उक्त महिना ध्वांक्षी नामक सङ्क्रान्ति हुन्छ । सो महिना व्यापारीलाई सुखदायक हुन्छ भनी मुहूत्र्तचिन्तामणिको सङ्सक्रान्ति प्रकरणा (श्लो.१) मा बताइएको छ ।
नक्षत्रगत अभिजित् र दिनगत अभिजित् गरी दुई प्रकारका अभिजित्को चर्चा शास्त्रमा गरिएको छ । हरेक दिनको मध्याहृन कालमा हुने दिनमानको आठौं भागको समय अभिजित् मुहूत्र्त हो । यसैगरी चन्द्रमा उत्तराषाढा र श्रवण नक्षक्षत्रको निश्चित कालांशसम्म रहने समयलाई अभिजित् भनी बताइएको छ ।
स्तनपानको मुहूत्र्तमा पनि अभिजित् नक्षत्रलाई लिइएको कुरा दैवज्ञ वल्लभमा बताइएको छ । अन्न प्राशनमा पनि अभिजित् नक्षत्रलाई उत्तम मानिएको छ (मुचि, संस्कार प्रकरण, श्लो.१७) । चूडाकर्ममा पनि अभिजित् नक्षत्रको समय शुभ रहन्छ । (मुचि, संस्कार प्रकरण, श्लो. ३०) यसरी विजय वा शुभ अर्थमा अभिजित् नक्षत्रलाई लिइएको छ र सोही आधारमा मुहूत्र्त पनि निर्धारण गरिएका छन् ।
अभिजित् काल विचार
नक्षत्रगत अभिजित् र दिनगत अभिजित् समय भिन्न कुरा हुन् । हरेक दिनको मध्यान्नको लगभग दुई घडीको समयलाई कुतपकाल भनिन्छ : ‘अहृनो मूहूत्र्ता विख्यातादशपञ्च च सर्वदा । तत्राष्टमो मुहूत्र्तोयः स कालःकुतपः स्मृतः ।। (मत्स्यपुराण, २२।८४) । यही समयलाई अभिजित् काल पनि भनिन्छ । दिनमानलाई १५ ले भाग गर्ने र सूर्योदयमा जोड्ने त्यो पहिलो भाग हुन्छ । उक्त पहिलो भागमा पुनः पन्धौँ भाग जोड्ने दोस्रो भागको समय हुन्छ । यसैगरी आठौं भाग जोड्दा जुन समय हुन्छ सोही अभिजित् काल प्राप्त हुन्छ । जुन मध्यान्नको पूर्वापर दुई घडीका आसपासको समय हुन्छ । अभिजित् कालमा पूर्वदिशाको यात्रा शुभ रहन्छ : ‘पूर्वाहृने तूत्तरां गच्छेन्मध्याहृने पूर्वतो व्रजेत् । अपराहृने व्रजेद्याम्यां मध्यरात्रे तु पश्चिमम् ।।’ (वराह) अभिजित् मुहूत्र्त सर्वसिद्धिदायी हुन्छ भनी बताइएको छ ।
यस्तो समयमा मङ्गलबार, वैधृति, व्यतीपात दोष हुँदैन सर्वकार्य सिद्धि हुन्छ भन्ने वशिष्ठको मत पीयूषधारा टीकामा बताइएको छ : ‘पूर्वाहृनेद्रप्युत्तरां गच्छेत् प्राचीं मध्यन्दिने तथा । दक्षिणां चापराहृने तु पश्चिमामद्र्धरात्रिके ।। न तत्राङ्गारको विष्टिव्र्यतीपातो न वैधृतिः । सिद्ध्यन्ति सर्वकार्याणि यात्रायां दक्षिणे रविः ।।’ (वशिष्ठ) अभिजित् मुहूत्र्तमा गण्डान्तदोष पनि रहँदैन भनी वशिष्ठले बताएका छन् : ‘गण्डान्तदोषमखिलं मुहूत्र्तोद्रभिजिदाहृवयः । हन्तियद्वन्मृगं व्याधःपक्षिसङ्घमिवाखिलम् ।।’ (वशिष्ठ) पीयूषधारा टीका । दक्षिण दिशाको यात्राका लागि अभिजित् मुहूत्र्त त्यज्य मानिएको छ (मुहूत्र्तचिन्तामणि, यात्रा प्रकरण, श्लो ५४) ।
यसैगरी बुधबारको अभिजित् महूत्र्तलाई पनि अशुभ मानिएको छ । अन्य समयको अभिजित् काल शुभ फलदायी मानिएको पाइन्छ । यसरी हेर्दा अधिकांश कार्यमा अभिजित् मुहूत्र्तलाई शुभ लिइएको पाइन्छ । अभिजित्को शाब्दिक अर्थ विशेष प्रकारले विजय भन्ने हुन्छ । अधिकांश शुभकर्म सिद्धिदायी रहने अभिजित् कालको महिमा बताइएको छ । अभिजित् नक्षत्रमा जन्मनु पनि शुभ मानिन्छ । नक्षत्रगत अभिजित् र दिनगत अभिजित् गरी दुई प्रकारका अभिजित्को चर्चा शास्त्रमा गरिएको छ । हरेक दिनको मध्याहृन कालमा हुने दिनमानको आठौं भागको समय अभिजित् मुहूत्र्त हो । यसै गरी चन्द्रमा उत्तराषाढा र श्रवण नक्षक्षत्रको निश्चित कालांशसम्म रहने समयलाई अभिजित् भनी बताइएको छ । जुन समय अधिकांश शुभकार्यका निम्ति उत्तम काल मानिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच