रामायणको एउटा महत्वपूर्ण पात्र हुन सुग्रीव । जब उनका दाजु किष्किन्धाका राजा बालीले उनकी पत्नी हरण गरेर उनीसँग समागम गरे सुग्रीव आफू मारिने डरले राज्य छोडेर गए । हनुमानले रामसँग सुग्रीवको मित्रता अग्निलाई साक्षी राखी गराएका थिए । सुग्रीवलाई उनको अधिकार प्राप्तिको लागि र मित्रताको सम्बन्धको रक्षाका लागि रामले बालीको वध लुकेर गरे । यसपूर्व बालीले उनको राज्यमा दुःख दिने राक्षस दुन्दभीलाई एउटा ओडारमा मारे । युद्ध लामो समय चल्यो र राक्षस मरेपछि उसको रगतको छिटा बाहिरसम्म गयो । सुग्रीवले रगतको छिटा देखेपछि दाजुको हत्या भएको ठानी राक्षसलाई थुन्न ओडारको मुख ढुंगाले बन्द गरिदिए र आफू राजा बने ।
बाली ओडारबाट फर्केपछि भाइलाई राजा भएको देखेर रिसाए र सुग्रीवलाई महलबाट निकालिदिए र उनकी पत्नी आफूले राखे । रामले सुग्रीवलाई भने ‘तिम्रो गल्ती, आफ्नो रगतलाई चिन्न नसक्नाले साइनो बिग्रियो भन्ने नजान्नु र बालीको गल्ती अहंकारले चूर भएर आफ्नो परिवारको निर्णयलाई सम्झिन नसक्नु थियो ।’ बालीले मलाई लुकेर किन प्रहार गरेको भनेर रामलाई सोध्दा राम, ‘शास्त्र अनुसार भाइ र गुणवान शिष्य यी पुत्रसमान हुन्, कन्या, बैनी, भाइबुहारीसँग जसले कामको व्यवहार गर्छ उसको दण्ड वध हो । युद्ध गर्नु र दण्ड दिनु दुई पृथक वस्तु हुन् । दण्ड अपराधीलाई दिइन्छ र युद्ध शत्रुसँग गरिन्छ ।
रामले रावण अंगदको ठूलोबुबा भएकाले उनीप्रति कतै हृदयमा कोमल भावना त लुकेको छैन भनेर जाँच गर्न चाहेका थिए । अंगदले आफ्नो बलको परिचय रावणको दरबारभित्र नपुग्दादेखि र दरबारमा पनि देखाएर धर्मयुद्धमा नाता सम्बन्धलाई ठूलो मानिँदैन भन्ने प्रमाण दिए ।
मित्रताको कारण रामले सुग्रीवलाई राजा त बनाए तर नियमानुसारका राजा बालीको अधिकारलाई खोसेनन् । राजाको जेठो छोरा स्वतः राजा हुन्छ, त्यसैले बालीपुत्र अंगदलाई युवराज बनाए तर हामीकहाँ सनातन धर्म तथा शास्त्रविरोधीहरूले विदेशी शक्तिको आदेशमा राजा मात्र फालेनन्, राजसंस्था नै निर्मूल पारे । विदेशी शक्तिलाई आफ्नो इशारामा चल्ने कमजोर शासक चाहिएको थियो र सनातन धर्मको सृष्टिस्थल नेपालबाट यसलाई समाप्त पार्नु थियो । राजा हुनुमा ज्ञानेन्द्र निर्दोष थिए, राजा हुनु उनको चाहना नभएर परिस्थितिको उपज थियो । उनले न कुनै ठूलो कसुर गरेका थिए जसको दण्ड उनले भोग्नुपर्यो । राजा ज्ञानेन्द्रसँग विमति भए युवराज पारसलाई राजा बनाउनुपर्ने थियो । तर यी वैदिक सनातन धर्मविरोधीहरूले यो देशबाट सनातन धर्म नै नाश गर्न नेपाललाई विदेशी शक्तिको खेल मैदान बनाए ।
तुलसीकृत रामायण अनुसार, राम लंका पुगेपछि अंगदलाई आफ्नो दूत बनाएर रावणकहाँ शान्ति प्रस्ताव पठाउने निर्णय गरेर आफ्नो सैन्य शिविरमा सबै सामु आफ्नो प्रस्ताव राखे । प्रायः सबैले हनुमानलाई पठाउनुपर्ने विचार व्यक्त गरे । किनकि हनुमानले यसअघि नै लंकामा गएर आफ्नो शक्ति प्रदर्शन गरेर आइसकेका छन्, उनी बलवान् पनि छन् तर रामले मानेनन् र अंगदलाई नै आफ्नो दूत बनाएर रावणकहाँ पठाउने निर्णय सुनाए । यसको पछाडि दुई कारण छन् । एक अंगद प्राणविद्यामा निपुण बलशाली योद्धा थिए तथा रावणलाई थाहा होस् कि रामसँग हनुमानमात्र होइन धेरै शक्तिशाली योद्धाहरू पनि छन् र अर्को अंगदकी आमा र रावणपत्नी दिदीबहिनी थिए ।
रामले रावण अंगदको ठूलोबुबा भएकाले उनीप्रति कतै हृदयमा कोमल भावना त लुकेको छैन भनेर जाँच गर्न चाहेका थिए । अंगदले आफ्नो बलको परिचय रावणको दरबारभित्र नपुग्दादेखि र दरबारमा पनि देखाएर धर्मयुद्धमा नाता सम्बन्धलाई ठूलो मानिँदैन भन्ने प्रमाण दिए । रावण र अंगदबीच लामो संवाद भयो । त्यही संवादको बीच अंगदले यी चौध अवगुण भएको मानिस मरेतुल्य हुन्छ भनेर रावणलाई तिमी पनि जिउँदै मरेतुल्य छौ भने । सदा रोगबस संतत क्रोधी । विष्णु विमुख श्रुति संत विरोधी । तनु पोषक निन्दक अघ खानी जीवत सव सम चौदह प्राणी । रामचरित मानस ।
नित्य रोगी, निरन्तर क्रोधयुक्त रहने, भगवान् विष्णुबाट विमुख, वेद र सन्तहरूको विरोधी, आफ्नै शरीर मात्र पोषण गर्ने, पराइ निन्दा गर्ने र पापको खानी, यी चौध प्राणी जिउँदै मरेसमान हुन् । उनले रावणलाई जीवित मानिस मृतसमान हुनुका कारणहरू बताए । जो व्यक्ति भोगी छ, कामवासनामा लिप्त रहन्छ, जो संसारको आनन्दमा मात्र लिप्त छ र जसका इच्छाहरू कहिल्यै समाप्त हुँदैनन् ऊ जिउँँदो भएर पनि मृतसमान हो । जसले संसारप्रति जहिले पनि नकरात्मकता मात्र उजागर गर्छ, नियम, परम्परा र सामाजिक व्यवहारको विरुद्ध जान्छ ऊ वाममार्र्गी हो । वाममार्गीहरू मृतसमान हुन् । कञ्जुस व्यक्ति पनि मृतसमान हो । जसले कल्याणकारी र धार्मिक कार्यमा खर्च गर्न चाहँदैन ऊ पनि जिउँँदै मृतसरह हो, अत्यन्त गरिब मानिस पनि मृतसरह हो ।
एउटा गरिब मासिससँग दुव्र्यवहार गर्नु हुँदैन किनकि ऊ मरेतुल्य हुन्छ, त्यसैले उसलाई सहयोग गर्नुपर्छ, विमूढ अथवा मुर्ख व्यक्ति पनि मृतसरह हो, जोसँग स्वविवेक छैन, सदैव अरूको अह्रन खटनमा चल्छ ऊ पनि मृतसरह हो, जो रोगी छ ऊ पनि मृतसमान छ, उसको मन सदैव विचलित रहन्छ, सोच नकरात्मक हुन्छ । धर्म उसका लागि अफिम हुन्छ ऊ पनि मृतसमान हो, वृद्ध व्यक्ति पनि मृतसरह हो ऊ जहिले पनि परनिर्भर रहन्छ, यस कारण ऊ मृतसरह हो । हरपल क्रोधमा रहने व्यक्ति पनि मृतसरह हो । क्रोधका कारण उसले असल र खराब छुट्याउन सक्दैन, ऊ मतिभ्रम हुन्छ, पापकर्मले आर्जित धनले आफ्नो र आफ्नो परिवारको पालनपोषण गर्ने व्यक्ति, पापकर्मले आर्जित धनसंग्रह गर्ने व्यक्ति मृतसमान हो ।
हाम्रा धर्मग्रन्थहरूले पनि दुष्टहरूलाई शासक नबनाउनु भनेका छन्, राक्षसहरूलाई समाप्त पारेर धर्मराष्ट्र स्थापना गर्नु भनेका छन् । नेपालीहरूलाई इतिहासबाट केही पनि सिक्नु छैन । आफ्नो देशको राजनीतिक र धार्मिक इतिहास बिर्सनेले आफ्नो देश पनि बिर्सन सन्छन् ।
जो व्यक्ति आफ्नो आत्मसन्तुष्टि र स्वार्थका लागि काम गर्छ ऊ पनि मृतसमान हो, निन्दक प्रकृतिका व्यक्तिहरू पनि मरेतुल्य हुन्, जो कसैको असल गुणलाई देखिसहँदैन, उसको निन्दा गर्छ ऊ पनि मृतसमान हो । ईश्वर (वर्तमान प्रसंगमा सनातन धर्म) को विरोध गर्ने पनि मृततुल्य हुन् । जो व्यक्ति परमशक्तिमा विश्वास गर्दैन् ऊ मृतसमान हो, जसले वेद, पुराण, ग्रन्थहरू, सन्त आदि सज्जनको विरोध गर्छ ऊ पनि मृतसमान हो । यदि हामी रामायणमाथि, हाम्रा शास्त्रहरूमाथि विश्वास गर्छौं भने हाम्रा शासकवर्गमा यी चौधवटै अवगुणहरू विद्यमान भएको देख्न सक्छौं ।
जसरी रावणसँग शान्तिवार्ता गर्न रामले अंगदलाई दूत बनाएर पठाएपछि रावण शान्तिवार्ता स्वीकार नगरी रामसँग युद्ध गर्न तत्पर भए र युद्धमा रामले रावणको वध गरे त्यसरी नै पूर्वराजाले पनि पटक-पटक आफ्ना सन्देशहरूमार्फत वर्तमान शासक वर्गसँग मेलमिलापको शान्तिप्रस्ताव पेश गरिरहँदा पनि यिनीहरूको त्यसतर्फ ध्यान नै दिएका छैनन् । जतिसुकै शक्तिशाली भए पनि आफ्नो कुकर्मको फल उसले एक दिन पाउने छ । अमेरिकाका चालीसौं राष्ट्रपति रोनाल्ड रेगनको अन्त्य पनि दुःखदायी नै भयो । उनी दुई पटक अमेरिकाको राष्ट्रपति बने । रेडियो उद्घोषक हुँदै हलिउडको प्रसिद्ध अभिनेता त्यसपछि राष्ट्रपति ।
उनकै समयमा बेलायत र अर्जेन्टिनाबीच फकल्याण्डको युद्ध भयो र फकल्याण्ड टापु बेलायतको भयो । उनले सोभियत संघका राष्ट्रेपति मिखाइल गोर्वाचोभसँग मित्रता गाँसेर सोवियत संघ विघटन गराएर टुक्रा टुक्रा पार्न सहयोग गरेका थिए । उनकै प्रयासले उनीपछि जर्ज डब्लु बुसका पालामा सोभियत संघ विघटन भयो । त्यसको परिणाम आज युक्रेन युद्धमा देखिँदै छ । अमेरिकाले जे गर्छ दीर्घकालीन योजनामा गर्छ । त्यसैले नेपाल तथा सनातन धर्मको रक्षाका गर्नु अत्यावश्यक छ । हाम्रा धर्मग्रन्थहरूले पनि दुष्टहरूलाई शासक नबनाउनुभनेका छन्, राक्षसहरूलाई समाप्त पारेर धर्मराष्ट्र स्थापना गर्नु भनेका छन् । नेपालीहरूलाई इतिहासबाट केही पनि सिक्नु छैन । आफ्नो देशको राजनीतिक र धार्मिक इतिहास बिर्सनेले आफ्नो देश पनि बिर्सन सन्छन् ।
एक दिन क्यालिफोर्नियाको सडकछेउ पिसाब फेरिरहेका एकजना वृद्धलाई प्रहरीले समातेर उनको घर ल्यायो र उनकी पत्नीलाई उनको जिम्मा लगाउँदै उनलाई ती व्यक्तिको राम्रोसँग ध्यान दिन र उनको राम्रो हेरचाह गर्दै बाहिर निस्कन नदिन निर्देशन दियो । खासमा ती व्यक्ति कसैलाई केही नभनी जुनसुकै समयमा घरबाट निस्केर बाहिर जानेगर्थे र आफू को हूँ भन्ने पनि बिर्सन्थे । तिनकी पत्नीले प्रहरीलाई धन्यवाद दिँदै पतिलाई विस्तारै भित्र लगिन् ।
उनकी पत्नी उनलाई तपाईले आफ्नो ख्याल राख्नुपर्छ, नभनीकन बाहिर जानुहुँदैन, बुढो भइसक्नुभएको छ, तपाईंले आफ्नो गौरवशाली इतिहासलाई सम्झिनुपर्छ, तपाईंले यस्तो व्यवहार गर्नुहुँदैन जसले लज्जित हुनुपरोस् भनेर पटक–पटक सम्झाउँथिन् । जसलाई प्रहरीले समातेर घर पु¥यााइदिएका थिए, तिनी कुनै जमानाको हलिउडको चर्चित अभिनेता थिए । उनको दर्शन पाउन मानिसहरू लालायित हुन्थे । उनको लोकप्रियता यति शिखरमा थियो कि त्यसैको भरमा उनी अमेरिकाको राष्ट्रपति हुन पुगे । एक पटक होइन दुई पटक । ती थिए रोनाल्ड रेगन जसलाई अल्जाइमरको रोग थियो । उनी राष्ट्रपति हुँदा उनीमाथि गोली प्रहार भएर पनि भाग्यले बाँचेका थिए । उनी राष्ट्रपतिको रूपमा पनि अमेरिकामा लोकप्रिय भए । बुढेसकालमा शरीर त थियो तर कुनै स्मृति थिएन ।
उनले कुनै जमानामा मानिसहरू उनको एक झलक पाउन लालायित हुन्थे भनेर बिर्सिसकेका थिए । उनले उनको सुरक्षा संसारकै सबैभन्दा चिन्ताको विषय थियो भन्ने पनि बिर्सेका थिए । राष्ट्रपति पदबाट अवकाश पाएपछि केही समय त उनी ठीकठाक नै थिए, पछि अल्जाइमरको रोग लाग्यो । अमेरिकाको कुरा थियो त्यो पनि पूर्वराष्ट्रपतिको, त्यसैले त्यो घटना बाहिर आयो । संसारमाथि शासन गर्ने व्यक्ति जब आफ्नो स्मृति हराउँछ तब त्यो रोनाल्ड रेगन राहँदैन, जिउँदो लाश हुन्छ, एउटा घुम्दैफिर्दै गरेको लाश अर्थात् जीवितमृतक । हाम्रा पुष्पकमल दाहाललाई अल्जाइमर के हो भन्ने त थाहै होला ? अंगदले रावणलाई भनेको जीवित मृतहरूको चौध लक्षणहरू दाहाललगायत प्रायः सबै नेताहरूमा विद्यमान छ । हामीले यिनलाई शासक किन बनाउने ?
देवी पुराण पृष्ठ न ४१४ हेर्ने ढोगी यसमा साफ लेखेको छ अजाको ब्राह्मण त्रेतायुगको राक्षस हु।
अजा जे हरकात भएको छ राजनीतिमा र धर्ममा यसमा यहि जाति समुदाय बढी नै आफ्नो देवी पुराणी औकात देखाउँदै छन।