भाइब्स-२ प्रतियोगिताका विजेताहरूको घोषणा

Read Time = 1 min

काठमाडौं । सनसिल्क दशैँ भाइब्स-२ प्रतियोगीताको विजेताहरूको घोषणा गरिएको छ । प्रतियोगितामा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित हुनुभएको हो । प्रत्येक विजेताले एक लाख रुपैयाँको दरले नगद पुरस्कार प्राप्त गर्नुभएको छ । साथै उहाँहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै एक वर्षका लागि सनसिल्क ग्यांग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गर्नुभएको छ ।

यस प्रतियोगितामा आफ्नो राम्रो हेयरस्टाइल र दशैँ भाइब्स प्रदर्शन गरि सहभागी हुनसक्ने आयोजकले प्रावधान राखेको थियो । यी विजेताहरूको चयनका लागि नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो । सनसिल्क दशैँ भाइब्स–२ को अन्तिम चरणको कार्यक्रम २३ नोभेम्बर, २०२२ मा होटल ¥याडिसनमा आयोजना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?