नाडाले वार्ता र आन्दोलन सँगै लैजाने

Read Time = 4 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको चितवन भेला सम्पन्न भएको छ । नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोबाइल व्यवसायीको बृहत् भेला तथा केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको हो । भेला नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावनाका विषयमा केन्द्रित रहेको थियो ।

दुईदिने भेलामा नाडाका सातै प्रदेश एसोसिएसनबीच अन्तरक्रिया तथा छलफल भएको थियो । सो अवसरमा बैंकहरूको उच्च ब्याजदरलगायत चालु पुँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिनलगायतका विषयमा समेत छलफल भएको नाडाले जनाएको छ । कार्यक्रममा नाडाका पूर्वअध्यक्ष रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अञ्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले व्यवसायीलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकताबारे चर्चा गर्नुभएको थियो ।

नाडा प्रदेश १ अन्तर्गत रहेको मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेश प्रदेशअन्तर्गतको जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण साह, बागमती प्रदेशअन्र्तगत रहेको चितवन अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौंडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दामोदरप्रसाद अटल, गण्डकी प्रदेशअन्तर्गतको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशअन्र्तगत लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेशअन्तर्गत कर्णाली अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूरपश्चिम प्रदेशअन्र्तगत सुदूरपश्चिम अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनको औचित्यबारे चर्चा गर्नुभएको थियो ।

भेलाले दोस्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुवै एकैसाथ अघि बढाउने निर्णयसमेत गरेको छ ।
सरकारले विगत आठ महिनादेखि पेट्रोलियम कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधन र १५० सिसीभन्दा माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि कर्जा र ब्याजदरलगायत समस्याका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल्स व्यवसायीहरू धमाधम पलायन हुने अवस्था आएकाले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरिएको नाडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?