नौद थाइ स्पा र माइ थाइ रेस्टुरेन्ट

Read Time = 2 mins

काठमाडौं । लन्डनको स्पा ब्रान्ड ‘नौद थाइ’ र ‘माइ थाइ’ रेस्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएको छ । नेपालस्थित थाइल्यान्डका राजदूत भोसिता भोरासावले नौद थाइ स्पा र ‘माइ थाइ’ रेस्टुरेन्टको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । नौद थाइ स्पा सञ्चालनमा आए पनि आधिकारिकरूपमा उद्घाटन गरिएको थिएन ।

उद्घाटनसँगै स्पा र रेस्टुरेन्ट पूर्णरूपमा सञ्चालनमा आएको हो । राजदूत भोसिता भोरासावले नौद थाइ स्पा उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको बताउनुभयो । सो अवसरमा विभिन्न थाइ सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।

नौद थाइ स्पाले नेपालमै अन्तर्राष्ट्रियस्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुविधा प्रदान गर्नेछ । स्पा, मसाज तथा बडी केयर वेलनेसले शरीर तन्दुरुस्त बनाउने बताइएको छ । नौद थाइ स्पाले अल इन वान सेवा उपलब्ध गराउनेछ, जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सैलुन, कलरिङ, फेसियल, मेनिक्युर, पेडिक्युरलगायत सुविधा रहेका छन् ।

नौद थाइ स्पाले बेलायतका आठवटा विभिन्न स्थानबाट सेवा प्रदान गर्दै आएको काठमाडौंमा खोलिएको नौद थाइ स्पा ग्लोबल आउटलेटमध्ये एक भएको बताइएको छ । नौद थाइ स्पा र माइ थाइ रेस्टुरेन्ट काठमाडौंको पानीपोखरी लाजिम्पाटमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?