रोकिए लालप्रसाद र इन्द्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । थाइल्याण्डको बैंककस्थित हृवामार्क इण्डोर स्टेडियममा जारी एएसबिसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष तौल समूहमा १९ बाउट प्रतियोगितामा नेपाली मुक्केबाजद्वय लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारले हार बेहोर्नुभएको छ । बाउट नम्बर २१ पुरुषतर्फ ४८ केजी तौल समूहका मुक्केबाज लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५-० अंकका आधारमा पराजय भोग्नुभयो । बाउट नम्बर ३० पुरुषतर्फ ५७ केजी तौल समूहमा नेपाली मुक्केबाज इन्द्रबहादुर सुनारले मंगोलियन मुक्केबाज गन्तुमार लुण्डासँग आरएसीका आधारमा दोस्रो राउण्डमा हार बेहोर्नुपर्‍यो ।

सुनारको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो तेस्रोपटक सहभागिता हो भने लालप्रसाद उप्रेतीको सहभागिता पहिलो थियो ।
नेपालबाट सहभागी मुक्केबाजहरू क्रमशः महिला ४८ केजी तौल समूहमा सुष्मा तामाङ, ५७ केजी तौल समूहमा हेमा राई र ७५ केजी तौल समूहमा त्रिशा जवेगु सेमिफाइनलमा प्रवेश गरिसक्नुभएको छ । उहाँहरूले जनवरी २२ मा क्रमशः मंगोलियन मुक्केबाज बेसेन्बेई जानार्गुली, मंगोलियन मुक्केबाज बटुर जोल्जार्गल, काजकिस्तानी एरजन गुल्सायसँग खेल्ने तालिका रहेको छ ।

एएसबिसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा कम्बोडिया, चीन, इण्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, कीर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, ताजकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?