लिभरपुलमाथि म्याड्रिडको सानदार जित

Read Time = 2 mins

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लिगमा इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हात पारेको छ । रियलले घरेलु टोली लिभरपुलमाथि ५-२ को जित हात पारेको हो । रियलको पुनरागमन जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान दुई तथा एडर मिलिसाओले एक गोल गर्नुभयो । लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।

खेलको चौथो मिनेटमा नै डार्विन नुनेजको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । १४औँ मिनेटमा मोहम्मद सलाहले गोलरक्षक थिवाउट कोर्टुवोको गम्भीर गल्तीको फाइदा उठाउँदै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पार्नुभयो । २१औँ मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट सानदार एक गोल फर्काउनुभयो ।

३६औँ मिनेटमा भिनिसियसले नै दोस्रो गोल फर्काउनुभयो । ४७औँ मिनेटमा एडर मिलिसाओले गोल गर्दै रियललाई खेलमा ३–२ को अग्रता दिलाउनुभयो । ५५औँ मिनेटमा कप्तान बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ४-२ ले अघि बढाउनुभयो भने ६७औँ मिनेटमा कप्तान बेन्जेमाले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौँ गोल गर्नुभयो ।

यस जितसँगै रियलले लिभरपुलसँगको अपराजित यात्रा ६ खेलसम्म लम्ब्याएको छ । रियलले ५ जित र एक बराबरीको नतिजा निकालेको छ । घरेलु मैदानमा मार्च १५ मा हुने खेलमा यही नतिजा कायम राख्न सके रियल क्वाटरफाइनलमा पुग्नेछ । लिभरपुललाई अघिल्लो चरण पुग्न जितको आवश्यकता छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?