लागूऔषध कोरेक्ससहित सिन्धुलीबाट एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अवैध लागूऔषध कोरेक्स जस्तो देखिने पदार्थ एक लिटरसहित सिन्धुलीबाट एकजना पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिका-१० का ३३ वर्षीय पूर्णबहादुर घिमिरे सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ बाट सोमबार राति पक्राउ परेका प्रहरीले जनाएको छ ।

सिन्धुलीबाट खुर्कोटतर्फ आउँदै गरेको बागमती एएए ६८०९ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?