मेटाको आधिकारिक बिक्रेतामा एल्फ

Read Time = 1 min

काठमाडौं । मेटाले एचटिटी पुल बाई एल्फलाई नेपालमा आधिकारिक बिक्रेता नियुक्त गरेको छ । उक्त नियुक्तिसँगै एचटिटी पुल बाई एल्फले स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य उत्पादनमा विशेषज्ञता प्रदान गर्न सक्नेछ ।

विश्वभर मेटाको सेल्स टिमका रूपमा मेटाका आधिकारिक बिक्रेताले प्रतिनिधित्व गर्छन् । मेटाको आधिकारिक बिक्रेता बन्न गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीका लागि विश्वस्तरको सहायता सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्यपूर्वी युरोप र एसिया-प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रमा स्थानीय टोलीसँग सक्रियरूपमा काम गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?