पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

धनुषा । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।

शनिबार साँझ जनकपुर- २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्‍याएका थिए । उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

बालकको शव अस्पतालमै रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?