प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुग्नुभएकाे हाे ।

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।

खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे ।

उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?