गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गर्नुभएको छ । उहाँ बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुग्नुभएको हो ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा जानुभएको हो ।

उहाँ संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आउनु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?