चार प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ ।

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?