हङ्कङलाई टी-२० शृंखला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो टी-२० खेलमा हङ्कङ क्रिकेट क्लबले बिहीबार आयोजक बागमती प्रदेशलाई ११ रनले हराएको छ । यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी-२० शृंखला हङकङले २-० ले आफ्नो पक्षमा पार्‍यो । पहिलो टी-२० खेल हङ्कङकले ५७ रनले जितेको थियो । यसअघि बागमतीले ४० ओभरको दुई खेलको शृंखलामा भने हङ्कङको टिमलाई २-० ले हराएको थियो ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ११३ रन बनाएको थियो । घरेलु टिम बागमतीले जवाफमा छ विकेटको क्षतिमा १०२ रनमात्र बनाउनसक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतकीय पालि खेल्नुभएको थियो । हङ्कङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिनुभयो ।

यसअघि, हङ्कङका लागि केरीले सर्वाधिक २६ रन बनाउनुभएको थियो । केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बागमतीकी सोनी पाख्रीनले दुई तथा अस्मिना कर्माचार्य, खुशी डंगोल र विपिसा साहीले एक-एक विकेट लिनुभयो ।

हङ्कङकी केरीले प्रतियोगितामै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि जित्नुभयो । बागमतकी सोनी ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बन्नुभयो । उहाँ नै प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी चयन हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?