यस्तो छ तपाईंको पुस १६ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल पुस १६ गते शनिबार, ई.सं ३१ डिसेम्बर, २०२२ । तिथि- पौष शुक्लपक्ष नवमी, नक्षत्र- रेवती, योग- परिघ करण- वालव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः५६, सूर्यास्तः १७ः१७ ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?