संसदमा रघुजी पन्तको प्रश्न : हाम्रो देशको राष्ट्रपति को हुने भन्ने कुरा विदेशीको ट्वीट पढेर थाहा पाउनुपर्ने ?

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद रघुजी पन्तले विदेशीहरुले नेपालमा गरेको भेटघाटबारे नियमन गर्न सरकारसँग माग गर्नु भएको छ ।

नेपालको राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ताप्रति आपत्ति जनाउँदै उहाँले कहिल्यै पराधिन नभएको मुलुकको लागि लाजमर्दो विषय भएको टिप्पणी समेत गर्नु भयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले भारतीय पूर्वप्राध्यापक एसडी मुनीको ट्वीटमा नेपालको राष्ट्रपतिको नाम पढनुपर्ने अवस्था आउनु दुख्द भएको बताउनु भयो । उहाँले हाम्रो राजदुतले भारतको विदेशमन्त्री समेत भेटन नपाउने तर त्यहाँका विदेश सचिवले हाम्रा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री समेत भेटन पाउने विषय सही नभएको पनि पटकपटक दोहो¥याउनु भयो ।

सांसद पन्तले भन्नु भयो, ‘आज दुःखको कुरा हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा विदेशमा भारतको एउटा जेएनयूका पूर्व प्रोफेसरले हाम्रा पूर्व राजदुतको नाम, हाम्रा पूर्व सभामुखको नाम, पूर्व अर्थमन्त्री, मानवअधिकारवादी लगायतका ३÷४ जनाको नाम यिनीहरुचाँही नेपालको राष्ट्रपति हुनका लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छन । कस्तो दिन आयो ? हाम्रो मन्त्रीस्तरको राजदुत हुनुहुन्थ्यो निलाम्बरजी । उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेटनका लागि पटकपटक ताकेता गर्दाखेरी पनि मुस्किलले भेट हुन्थ्यो । तर राष्ट्रपतिको चुनाव अगाडि यहाँ भारतीय विदेश सचिव आउँछन । र, उनी प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव, पूर्व प्रधानमन्त्री, राष्ट्रपति सबैलाई भेटाउँछौं । म परराष्ट्र मन्त्रालयलाई आग्रह गर्न चाहन्छु–यो राष्ट्रिय सम्मानको कुरा हो । हाम्रो विदेश सचिव जाँदा यही ढंगलेको भारतको ट्रिट पाउँछ ? पाउँदेन भने नेपालले यो दक्षिण एशीयाको आजसम्म कसैले गुलामी नबोकेको, आजसम्म स्वतन्त्र रहेको, कहिल्यै पनि पराधिन नभएको देश हो नेपाल । यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने । त्यो देशको विदेश सचिव आएपछि हाम्रो सारा अखबारका कटिङ हेरौं–लाजमर्दो लाग्छ । सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ । सारालाई भेटेको छ । यस्तो किन हुन्छ ? त्यसैले म यो विदेशीहरुसँगको भेटघाटलाई म नियमित गर्ने भनेर बारम्बार भनिन्थ्यो । तर कहिल्यै पनि नियमित हुँदैन । यसलाई नियमित गरियोस् । र, परराष्ट्र मन्त्रालयले इमिडिएट एउटा विदेशी राजदुतहरु आउँदा, विदेशी पदाधिकारीहरु आउँदा कसरी त्यसलाई नियमन गर्ने हो ? यो देशको स्वाभिमानका लागि पनि नगरी नहुने भयो । म नेपाल सरकारको ध्यान एकदम तदारुकताका साथ यसतर्फ जाओस् भनेर आग्रह गर्दछु ।’

सासद पन्तले विदेशीसँगको भेटलाई औपचारिकता दिने भनेर सरकारले भनेपनि सो अनुसारको काम गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?