भक्तपुर । संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघन थालेको भन्दै रोष प्रकट गर्नुभएको छ ।
सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको बताउनु भयो। 'पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै होु, उहाँले भन्नुभयो, 'ललितानिवास, बालुवाटार जग्गा काण्ड, ओम्नी काण्डलगायतका सवैसवैमा भ्रष्टाचार भएको बाहिर आएकै हो।'
भ्रष्टाचारीलाई मृत्युदण्डको सजाए दिनुपर्ने पार्टी धारणालाई उहाँले पुनः दोह्याउनु भयाे। संविधानमै शंशोधन गरेर भए पनि भ्रष्टाचारीलाई मृत्युदण्डसम्मको सजाए दिनुपर्ने पार्टीको धारणा रहेको उहाँले बताउनु भयाे ।
फरक प्रसंगमा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सुनेरै डराउनेहरुलाई सिंहदरवारमा पठाएर केही नुहने बताउनु भयो।
परराष्टमन्त्री एनपी साउदसँंग पत्रकारले नेपालको गुन्जीको भारतीय प्रधानमन्त्री मोदी नेपाललाई जानकारी दिएर गएको हो भन्ने पत्रकारको प्रश्नको उतर दिन डराएर माइक पन्छाएको दृश्य सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भन्दै उहाँले त्यस्तालाई सिंहदरबार पठाएर मन्त्री बनाएसम्म देश उभोँ लाग्न नसक्ने दाबी गर्नुभयो ।
उहाँले इजराइल र प्यालेष्टाइनबीचको युद्धमा मारिएका १० जना निर्दोष नेपालीको निधनको जिम्मेबारी सरकारले लिनुपर्ने जिकिर पनि गर्नुभयो। ८० वर्षदेखि युद्धग्रस्त क्षेत्रमा नेपालीलाई पठाउन नहुने ठाउँंमा पठाएकाले यसको दोषि नेपाल सरकार रहेको उहाँको जिकिर थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच