काठमाडौं । प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा खर्चने बताउनु भएको छ ।
गृहजिल्ला चितवनमा शनिबार आयोजित कार्यक्रममा उहाँले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताउनु भयाे ।
कार्यक्रममा उहाँले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा पनि गर्नुभयो । प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको पनि उहाँले बताउनु भयो ।
साथै, अब देशमा व्याप्त भ्रष्ट्राचार, अनियमितता हटाइ सुसासन कायम गर्ने पक्षमा रहेको उहाँले बताउनु भयो । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उहाँले प्रतिज्ञा पनि गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच