काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुल्ला थ्री एक्स थ्री बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ‘ए’ बाट ललितपुर ‘ए’ र पोषिलो नेपाल सेमिफाइनल पुगेका छन् भने समूह ‘बी’ बाट आइआइएमएस र आइएसए नेपाल सेमिफाइनल पुगेका छन् । अब सेमिफाइनलमा ललितपुर ‘ए’ ले आइएसए नेपाल तथा आइआइएसएमले पोषिलो नेपालसँग खेल्नेछ । यस्तै, पुरुषतर्फ आइतबारको खेलपछि क्वाटरफाइनल पुग्ने आठवटै टोलीको टुंगो लागेको छ ।
विभागीय टोली आर्मीको ‘ए’, ‘बी’ र ‘सी’ टोलीसहित हाउण्ड्स एकेडेमी ‘ए’, टाइम्स ‘ए’, बंगलादेश नेभी, बिएमके क्लब र ललितपुर ‘बी’ अन्तिम आठमा पुगेका हुन् । प्रिक्वाटरफाइनलमा आर्मी ‘ए’ ले ललितपुर ‘ए’ लाई २१-१५ ले, आर्मी ‘बी’ ले हाउण्ड्स एकेडेमी ‘सी’ लाई २१-८ ले र आर्मी ‘सी’ ले कीर्तिपुरलाई २१-१७ ले हरायो ।
यस्तै, हाउण्ड्स एकेडेमी ‘ए’ ले टाइमआउट ‘बी’ लाई २१-१० ले, टाइम्स ‘ए’ ले टाइमआउट ‘ए’लाई २१-१७ ले, बंगलादेश नेभीले टाइम्स ‘बी’ लाई २१-१८ ले, बिएमके क्लबले इन्डिपेन्डेन्ट युनिभर्सिटी बंगलादेशलाई २१-२० ले तथा ललितपुर ‘बी’ ले बर्न टु हुपलाई २१-१९ ले हरायो ।
पुरुषतर्फ ३२ तथा महिलातर्फ आठ गरी ४० टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, महिला विजेताले ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछन् । पुरुष र महिला दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनेलाई जनही १५-१५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच