कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।
प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । चौधरी विना विभागीय मन्त्रीको रूपमा नियुक्त हुनु भएको हो । उहाँलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउनु भयो ।
चौधरीले थारु भाषामा शपथ लिनुभयो । योसँगै सुदूरपश्चिम मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ । गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थप्नुभएको थियो । मुख्यमन्त्री शाहले यसअघि संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नागरिक उन्मुक्तिकै कैलाश चौधरी रहनुभएकाे थियाे । यति गर्दा पनि प्रदेश सरकार भने अल्पमतमै छ । माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको हो ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा माओवादीका सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ जना सांसद छन् ।
मुख्यमन्त्री शाहलाई अहिलेसम्म आफ्नो पार्टीका १८ जना र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्यको मात्रै समर्थन रहेको छ ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारमा बहुमत पुगाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र नाउपाका ७ सांसदको साथ रहँदा पनि मुख्यमन्त्री शाहले बहुमत पाउनसक्ने अवस्था छैन्न । तर, सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र एक जना र राप्रपाका १ जना सांसद छन् । उनीहरूको साथ पाए मुख्यमन्त्री सुरक्षित हुने देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच