तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षति हुनबाट बच्यो

Read Time = 1 min

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?