काठमाडौं । गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठको निर्देशनमा रहेको गीत ‘हेलम्बुको स्याउ’को भिडियो सार्वजनिक भएको छ । जय खडगी ‘जिमी’को स्वर, विक्रम थापाको संगीत र आतिस लामाको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा गायक खडगी र डोल्मा शेर्पासँगै भूमिका लामा, समीक्षा अधिकारी, स्मृति राई, सम्झना मगर, रोशनी लामा र सुजन तामाङले बाल कलाकारको रूपमा अभिनय गर्नुभएको छ । राजु केसीको सिनेम्याटोग्राफी नवीन चौधरीको सम्पादन तथा रंग संयोजन रहेको भिडियोमा आफ्नो सानैदेखिको मायालाई पर्खेर बसेको एक युवक र युवतीको प्रेम कथा बुनिएको छ ।
तेजस्वी कला केन्द्र एण्ड मिडिया तथा तेजनेपालको प्रोडक्सनमा तयार पारिएको गीतको भिडियोलाई गायक खड्गीको अफिसियल युट्युब च्यानलमार्फत तमु ल्होसारको अवसरमा सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच