बैतडीका स्थानीय तहविरुद्ध अख्तियारमा १२५ उजुरी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीका स्थानीय तहविरुद्ध १२५ उजुरी अख्तियारमा परेका छन् । गत आर्थिक बर्षमा ९८ र चालु आर्थिक बर्षको मसिंर मसान्त सम्म २७ गरी १२५ वटा उजुरी परेका हुन् । ति मध्ये ४७ उजुरी फर्छयौट भएका छन् भने ७८ फर्छयौट हुन बाँकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बैतडीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।

दशरथचन्द नगरपालिकाका १९ उजुरी दर्ता भएका छन् । गत आर्थिक बर्षमा १५ र चालु आर्थिक बर्षको मसिंर मसान्त सम्म ४ उजुरी दर्ता भएका हुन् । ८ उजुरी फर्छयौट भएका छन् भने ११ फर्छयौट हुन बाँकी छन् । पाटन नगरपालिकामा गत आर्थिक बर्षमा १५ र चालु आर्थिक बर्षमा ३ गरी १८ उजुरी अख्तियारमा दर्ता भएका छन् । ति मध्ये ६ फर्छयौट भैसकेको र १२ बाँकी रहेको जनाइएको छ ।

यस्तै मेलौली नगरपालिकामा गत बर्ष १३ तथा यो बर्ष २ गरी १५ ओटा उजुरी दर्ता भएका छन् । ति मध्ये ४ पर्छयौट भैसकेका र ११ उजुरी फर्छयौट हुन बाँकी रहेका सो तथ्याङ्कमा उल्लेख छ । पुर्चाैडी नगरपालिकाका गत बर्ष ९ र यो बर्ष २ गरी ११ उजुरी मध्ये ४ उजुरी फर्छयौट भैसेकेका र ७ ओटा बाँकी रहेका छन् । त्यसैगरी सुर्नया गाउँपालिकाका गत आर्थिक बर्षमा ३ र यो बर्षको मसिंर सम्म ५ गरी ८ उजुरी अख्तियारमा परेका छन् । ती मध्ये ५ उजुरी पर्छयौट भैसकेका र ३ उजुरी बाँकी रहेको बताइएको छ ।

सिगास गाउँपालिकाका गत आर्थिक बर्ष ८ र यो बर्ष ४ गरी १२ उजुरी अख्तियारमा परेका थिए । ति मध्ये ४ फर्छयौट भैसकेका र ८ उजुरी फर्छयौट हुन बाँकी छन् । शिवनाथ गाउँपालिकाका गत बर्ष ३ र यो बर्ष १ गरी ४ ओटा उजुरी परेका छन् । सबै उजुरी फर्छयौट हुन बाँकी छन् ।
पञ्चेश्वर गाउँपालिकाका गत बर्ष ६ र यो बर्ष १ गरी ७ उजुरी दर्ता भएका छन् । ति मध्ये २ ओटा उजुरी मात्रै पर्छयौट भएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकाका गत बर्ष ८ र यो बर्ष ४ गरी १२ उजुरी दर्ता भएका छन् । ति मध्ये ६ ओटा उजुरी पर्छयौट हुन बाँकी रहेका छन् ।
डिलाशैनी गाउँपालिकाका गत आर्थिक बर्षमा १८ तथा यो बर्ष १ गरी १९ ओटा उजुरी अख्तियारमा परेका छन् । ति मध्ये ८ ओटा उजुरी फर्छयौट भैसेकाछन् भने ११ ओटा बाँकी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?