जम्मू-कश्मीरको डांगरी गाउँमा गोलाबारी, तीन स्थानीयको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जम्मू-कश्मीरमा भएको गोलाबारीमा तीनजना सर्वसाधारण मारिएका छन् ।

राजौरी जिल्लास्थित डांगरी गाउँमा आइतबार बेलुका भएको गोलाबारीमा तीनजना सर्वसाधारण मारिएका हुन् ।

अन्य तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ । स्थानीय प्रहरीले आक्रमण गर्नेको पहिचानबारे अहिले कुनै जानकारी दिएको छैन।

जम्मू-कश्मीर प्रहरीका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले लिखित बयानमा गोलाबारी माथिल्लो डांगरी गाउँमा भएको पुष्टि गरेका छन् ।

आक्रमणकारीलाई पक्राउ गर्नका लागि पूरै क्षेत्रमा प्रहरीले सर्च अभियान चलाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?