ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला

हिमालय टाइम्स
Read Time = 1 min

रियो दि जेनेरियो । लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि ‘देशको पुनर्निर्माण’ गर्ने वाचा गरे ।

हालैका दिनहरूमा मृत्यु भएका ब्राजिलका फुटबल लिजेन्ड पेले र पूर्व पोप बेनेडिक्ट १६औँ को लागि एक मिनेट मौन धारण गरेर सपथ ग्रहण सुरु भएका थिए ।

७७ वर्षीय दिग्गज वामपन्थीले यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?