काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ ।
बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो भने सोच्न बैठकले निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताएपनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआएर सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएको थियो । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताउनु भएको हो ।
बैठकमा नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच