इसेवामार्फत् एनसेलमा टपअप गर्दा आकर्षक पुरस्कार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत् एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवामार्फत् एनसेल मोबाइलमा जनवरी महिनाभर जम्मा छ सय रुपैयाँभन्दा बढीको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने कम्पनीले जनाएको छ । साथै अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर पनि रहेका छन् ।

त्यस्तै, दुई सयभन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सक्नेछन् । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाखभन्दा बढी ग्राहकलाई एप्समार्फत् सेवा प्रदान गर्दै आएको छ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीमा हुने आर्थिक कारोबार डिजिटलमार्फत् धेरै किसिमका सहजता ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?