अरूको सीम प्रयोग नगर्न टेलिकमको आग्रह

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिङ कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने भन्दै सचेत गराएको छ । जसका लागि कम्पनीले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड लिन आग्रह गरेको छ ।

मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउनेमात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकोमा समयक्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ ।

यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत् गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टु फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याउन कम्पनीका प्रवक्ता शोभन अधिकारीले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?