डा.गाउँले बलदेव अधिकारीको ‘अक्ष’ मालाको ‘अक्षर’ मालामा यायावर बन्दा !

बद्रीप्रसाद दाहाल
Read Time = 15 mins

बलदेव गाउँले (डा.बलदेव शर्मा अधिकारी) नेपाली भाषाको शिक्षण र साहित्यको सेवामा समर्पित भएको झन्नै आधा शताब्दी हुनलागेछ । यो अवधिमा उनका भनाइ अनुसार छ दर्जनजति सानाठूला गरी पुुस्तक लेख्ने काम भइसकेछ । केही कविता संग्रह, खण्डकाव्य, महाकाव्य, निबन्ध, उपन्यास, नाटक, गीत, लेख, व्याकरण र विभिन्न शोधग्रन्थहरू पर्दछन् । सानैदेखि निर्भीक वक्ता, अन्याय र शोषणविरुद्ध बुुलन्द आबाज दिने सामथ्र्य, क्रान्तिकारी अद्भूत कल्पनाशक्ति तथा निजात्मक काव्यप्रतिभासम्पन्न सहज व्यक्तित्व हुन् उनी ।

भाषाविज्ञान अन्तर्गत ‘नेपाली वर्णविन्यासमा संस्कृतको प्रभाव’ शीर्षकको शोधग्रन्थका लागि विसं २०७२ मा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरेका हुुन् । कविता वाचन, गीत गायन तथा आध्यात्मिक विषयमा समेत सफल प्रवाचक बनेका उनी श्रोताहरूलाई मन्त्रमुुग्ध बनाउने कौशल पनि राख्छन् । हाल उनको शोधअध्ययनको क्षितिज फराकिलो, परिष्कृत तथा प्रौढ बन्न पुुगेको छ । झन्नै पन्ध्र घण्टा लेखन, अध्ययन र अनुसन्धानमा समय खर्चिने यिनी तीनवटै शब्दशक्तिमा मुखर हुने तागत राख्छन् । यिनको आशु कवित्व, विश्लेषणपरक संवार्ता, प्रवचन र भाषणले श्रोतागणमा मोहनी लगाउँछन् । भावुकता, व्यञ्जना उक्ति, सरलता, सहृदयता, बिम्बात्मक अभिव्यक्ति रोचक घोचक र उद्बोधक वाक्कलाले श्रोता, अध्येता र दर्शकहरू आनन्दविभोर हुन्छन् ।

अधिकारीका आत्मपरक लाक्षणिक एवं व्यञ्जनापरक अभिव्यक्तिभित्र नेपाली भाषा र व्याकरणको गुुरुतम भार वहन गर्नुुभएका प्रकाण्ड पण्डितदेखि भाषाभक्त शिक्षण संस्थाहरूमा कार्यरतजन, सञ्चारगृहका पत्रकारहरूमा लेखकले सचेतनाको सुुई हालिदिनुुभएको आभास हुुन्छ ।

‘अक्ष’ मालाको ‘अक्षर’ माला भन्ने उनको नेपाली भाषाको प्रयोगपरक व्याकरणिक ग्रन्थको सानो चर्चा र परिचय यो लेखको केन्द्रीय पक्ष हो । विसं २०७५ सालमा प्रकाशित उनको यो प्रयोगपरक, अनुुसन्धानमूलक, नेपाली भाषालाई शुुद्धीकरण र सबल बनाउन भाषाका सीपहरू (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) लाई जोड दिनेगरी सिकाइशिक्षणमा केन्द्रित छ यो कृति । लेखकले कृतिबारे ‘लेखकको अहङ्कार’ शीर्षकमा मन्तव्य प्रकट गर्ने क्रममा पुस्तकको तेस्रो पेजमा उनको भनाइ यस्तो छ :
त्रिचालीस वर्ष जाँगर लगाएर नेपाली भाषा पढाएँ, मेरो नामका पचासभन्दा बढी पुस्तकहरू छापिएछन्, नेपाली व्याकरणका पुस्तकहरू चौबीसभन्दा बढी छन् । २०४७ वैशाख ३ गते तात्कालिक ‘श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालय, पाठ्यक्रम पाठ्यपुस्तक विकास केन्द्र’ ले मेरा दुुईवटा व्याकरणग्रन्थ नेपाल अधिराज्यका विद्यालयका लागि सन्दर्भसामग्रीका रूपमा प्रकाशन गर्न दिएको स्वीकृतिले सगरमाथाको टुुप्पैमा पुुर्‍यायो । २०६२ साउन ४ गते तात्कालिक ‘श्री ५ को सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय’ ले ‘नेपाली भाषा विशेषज्ञ’ पदमा मनोनयन गरिदिएपछि भूइँमा खुुट्टो टेक्नु परेन ।

विसं २०५५ मा त्रिभुवन विश्वविद्यालयबाट भाषा-विज्ञान विषयमा पर्याप्त अङ्क ल्याएर नेपाली एमए प्रथम श्रेणीमा उत्तीर्ण गरेँ । द्वितीय श्रेणीमै भए पनि संस्कृतमा शास्त्री उत्तीर्ण गरिसकेको थिएँ । लगभग पाँच वर्ष नागरिक दैनिकको सहप्रकाशन ‘शुक्रबार’ साप्ताहिकमा नियमित रूपले ‘भाषाको भेउ’ निजी स्तम्भ प्रकाशित गराएर लोकप्रिय बनेँ । प्रखर वक्ता, उद्घोषक, कवि र निबन्धकार हुुँ पनि भनेँ । नेपाल प्रज्ञाप्रतिष्ठानको सम्झौताअनुुरूप ‘नेपाली भाषामा देवनागरी लिपिको प्रयोगः विगत र वर्तमान’ शीर्षकको शोधग्रन्थ बुुझाएर पारिश्रमिकमा मुछिएको धन्यवादसमेत लुुँड्याएँ । भाषाविज्ञानअन्तर्गत ‘नेपाली वर्णविन्यासमा संस्कृतको प्रभाव’ शीर्षकको शोधग्रन्थका लागि विसं २०७२ मा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि उपाधिसुद्ध पड्काएँ ।

शास्त्रार्थमा धेरै जनालाई थर्काएँ । अहङ्कारका पखेटा हल्लाउँदै ‘नेपाली भाषा बचाऔं अभियान २०७२’को स्वघोषित संयोजक पदसमेत धारण गरेँ । यति ठूलो ‘विद्वान्’ भइसकेर पनि देवानागरी लिपिमा लेखिने नेपाली अक्षर नै राम्ररी चिन्न नसकेको अनुुभवले लज्जित म आफैँ रनभुुल्लमा परेको छुु । जगत् र जीवको सृष्टि गर्ने त्रिगुुणात्मक अहंकार त मेरै शरीरमा लेखिएका अदेखि हसम्मका अक्षरहरू पो रहेछन्’ । अधिकारीका यी माथिका आत्मपरक लाक्षणिक एवं व्यञ्जनापरक अभिव्यक्तिभित्र नेपाली भाषा र व्याकरणको गुुरुतम भारवहन गर्नुुभएका प्रकाण्ड पण्डितदेखि भाषाभक्त शिक्षण संस्थाहरूमा कार्यरतजन, सञ्चारगृहका पत्रकारहरूमा लेखकले सचेतनाको सुुई हालिदिनुुभएको आभास हुुन्छ ।

एक सय बाउन्न पेजमा ‘अक्ष मालाको अक्षर माला’ सशरीर नौ अध्यायमा आबद्ध छ । अध्याय एकमा साक्षरता शिक्षणमा लेखकको निजी अनुुभव शीर्षकबाट थालनी भई साक्षरताको कसीसम्म तीसवटा बुुँदाहरूमा वर्ण, शब्द र वाक्यको अभ्यासलाई सोदाहरण रोचक शैलीमा शिक्षण गराएका छन् । यस क्रममा देवनागरी लिपि र मूूल भाषाको परिचय संक्षिप्त तवरमा दिइएको छ । लेखन अभ्यासमा देवनागरी लिपिको मर्म खोलिदिएका छन् । उनले प्रमाणै दिएर यो लिपिमा आबद्ध वर्ण वा अक्षरहरूसित संस्कृति-विज्ञान, भाषा-विज्ञान, र सृष्टि-विज्ञानले प्रत्यक्ष सम्बन्ध राखेको पक्षलाई घतिलो ढङ्गले सिद्ध गरिदिएका छन् ।

यो भागमा स्वरवर्ण र स्वर अक्षरको चर्चा, ह्रस्व, दीर्घ र प्लुत स्वरको रहस्य, चन्द्रबिन्दुु शिरबिन्दुु र विसर्गका तात्पर्य सोदाहरण चर्चा गरिदिएका छन् । स, श, ष अक्षरहरू उच्चारणगत पृथकता, उच्चार्य स्थान त्यसै गरी य, व,र, ड, ढ, ह आदि अक्षर उच्चारण आभ्यन्तर एवं बाह्य प्रयत्नको दिक्दर्शन बुुझ्ने गरी अथ्र्याएका छन् डा.अधिकारीले । आधुनिक भाषाशास्त्री र पाणिनीका मत बीचको पार्थक्यमा दृष्टि दिएका छन् । अडिओ भिडियो सञ्चारमाध्यमा आउने गरेका उच्चारणका त्रुटिप्रति सचेत रहन पनि उनले सुुझाएका छन् । संयुक्ताक्षर, सन्धि, द्विस्वर वैखरी आदिको बोध गराउन अभ्यासार्थ छोटो मिथकमा लेखकले स्वानुुभवलाई ककटेल बनाइदिएका छन् ।

उनको यो ‘अक्ष’ मालाले ‘अ’ वर्णदेखि ‘क्ष’ वर्णसम्मका अक्षरलाई संकेत गरेको छ । अनि त्यसैको माला अक्षर जो मुुक्ति वा अविनाशी प्रतीक पनि हो किनकि यसैभित्र ज्ञान, भक्ति र वैराग्यका अमोघ अस्त्रहरू भेटिन्छन् ।

अक्षरमालाको अध्याय दुुईमा ठूला र साना अक्षरहरूमार्फत सचित्र प्रस्तुुत विषयवस्तुुलाई उभ्याएर वाक्य, पद र वर्णका अभ्यासलाई व्यावहारिक शिक्षणमा उतारिएको छ । तेस्रो खण्डमा सस्वर व्यञ्जनवर्णबारे शैक्षिक सामग्रीका चित्रहरू सजाएर सिकाइ क्रियाकलापमा व्यावहारिक आयाम तेजी बनाएका छन् भने चौथो अध्यायमा ‘बाह्रखरी खण्ड’मार्फत चित्र, गीत उदाहरणार्थ पस्किएका शब्द, वर्ण, मात्राहरूले अभ्यासमा प्राण सञ्चार गरेका छन् । पाँचौँ खण्डले संयुुक्त अक्षरको चिनारी, यसमा आउने परिवर्तन र रूप देखाउँदै कति घतिलो गीतहरू दिएका छन् : दाइ गए मावलमा भाइ घर आए । खाजा पाए थालमा कपाकप खाए ।
उठउठ मदन नगर न शयन । बन बन असल म त गएँ पसल ।।
त्र्याम्बकका आँखा तीन
ब्रहृमाका चार मुख
नृसिंहमा मान्छेलाई
कसले दियो सिंहको मुख ?? सिकाइको सन्दर्भमा अभ्यासार्थीलाई रोचक बनाउन यस्ता गीतहरूले प्राणवायु भरेका छन् ।
छैटौं खण्ड वा अध्याय संयुक्त अक्षरको लेखन र उच्चारणमा केन्द्रित छ भने सातौं खण्डमा साक्षरता-अभ्यासको पुनरावृत्ति चित्रात्मक सजावटमा उभिएको छ । आठौं अध्यायले विशेष उच्चारण अभ्यासलाई लेखन उच्चारण तहमा विवेचना गरेको छ भने अध्याय ‘नौ’ ले स्वर, विसर्ग, व्यञ्जन,अनुस्वार सन्धिको साथै अक्षरीकरण सन्धि, परसवर्ण सन्धि, शत्व सन्धि, आदेश सन्धि, उपसर्ग सन्धि, आगम सन्धिलगायतमा उदाहरणीय परिचर्चा छ । बालबालिका, किशोरकिशोरी, युवा, प्रौढ, अध्येता र अध्यवसायी सबैललाई ग्राहृय हुने व्याकरणकार गाउँलेको अक्ष मालाको अक्षरमाला अक्षरको खेती गर्नेका लागि वरदानै सावित छन् ।

उनको काव्यिक प्रवाह अक्षर लेखाउन सिकाउने क्रममा गीतमा कति बालबलिकाहरूको लागि कतै सूत्रजस्तो, कतै हास्यविनोद जस्तो त कतै लाडिलो छ :
आधा अण्ड खाँदा-खाँदै, लौरोजस्तो ‘अ’ (।) आयो ।
आधा अण्ड झुुण्ड्याएर, कमल क बनायो ।।
‘ट‘ लाई आधा अण्ड (ट), ‘ठ’ लाई सिङ्गो अण्ड ।
हामीले लेख्ने अक्षरमा, अण्डले बोक्छ डण्डा ।।
आधा अण्ड दायाँ बायाँ, तलमाथि देख्छु ।
लौरोजस्तो ‘अ’ (।) थपेर, सबै अक्षर लेख्छु ।।
कतै लौरो सिङ्गै राखौँ, (।) कतै आधा गरौँ । (ङ ड ह)
कतै कतै गाँठो पारौँ, अल्छी बानी नगरौँ ।। ( छ, ढ, द, क्ष, ज्ञ )
गीतकार, कवि, लेखक, उपन्यासकार, महाकवि, नेपाली भाषाका अभियन्ता बहुमुखी प्रतिभाका गाउँले बलदेव प्रखर औन्यासिक निबन्धकार तथा दर्शन शास्त्रका व्याख्याता र लेखकसमेत हुन् । निकट केही दिनपछि आउनै लागेको ‘भाषाभित्र भगवान्’ (दर्शनशास्त्र) र ‘अहङ्कार नमस्कार’ (औपन्यासिक निबन्ध)-ले सामान्यदेखि मूूर्धन्यसम्मका हृदय र मस्तिष्कलाई मज्जैले हल्लाउँनेछ ।

उनको यो ‘अक्ष’ मालाले ’अ’ वर्णदेखि ‘क्ष’ वर्णसम्मका अक्षरलाई सङ्केत गरेको छ । अनि त्यसैको माला अक्षर जो मुुक्ति वा अविनाशी प्रतीक पनि हो किनकि यसैभित्र ज्ञान, भक्ति र वैराग्यका अमोघ अस्त्रहरू भेटिन्छन् । ‘अक्ष’ अनेकार्थी शब्द हो : आँखा, नुन, इन्द्रिय, बर्रो, पासाको खेल, पाङ्ग्राको प्वालमा हाल्ने डाँडी, धुरा, उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा आदि विविध अर्थ राख्न यो समर्थवान् छ ।

हाल गाउँले अक्षरालय भाषा प्रतिष्ठानमार्फत स्वदेश र विदेशमा रहनुुभएका आफ्ना शिष्यप्रशिष्य जमातमा अन्तर-सञ्जालमार्फत शिक्षण पनि गरिरहनुु भएको छ । पौरस्त्य षड्दर्शन, अठ्ठारै पुराण, उपनिषद् व्याकरण एवं अन्य लाक्षणिक ग्रन्थहरूको अध्यवसायी बलदेवको अक्षमालाको अक्षरमाला नेपाली भाषालाई शुद्ध, स्पष्ट,गतिमान् बनाउन खुराक दिने ग्रन्थ भएको हुँदा हर कोणबाट पठनीय छ । विद्वत्रत्न गाउँलेबाट नयाँ कृतिहरूको अपेक्षा ! अस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?