जिल्ला प्रशासन कार्यालय बैतडीमा टाइम कार्ड लागू

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालयमार्फत प्रवाह हुने सेवालाई व्यवस्थित र नागरिकमैत्री बनाउनका लागि टाइम कार्ड लागू गरेको छ । मंगलबारदेखि कार्यालयमार्फत सेवा लिन आउने सेवाग्राहीले एक घण्टाभित्र नै सेवा पाउने गरी टाइम कार्ड लागू गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले मंगलबारबाट लागू गर्ने निर्णय गरेको थियो ।

सेवाग्राहीको उच्च चाप र न्यून जनशक्तिका बीच पनि नागरिकहरूलाई छिटो छरितो ढंगले सेवा दिने उद्देश्यले टाइम कार्ड लागू गरिएको हो । यसअघि पनि जिल्ला प्रशासनले टोकन प्रणालीअनुसार सेवा दिइरहेको थियो । टोकन प्रणाली पनि कायमसँगै टाइम कार्डअनुसार पनि सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीले पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई पाउने सूचना अधिकारी बोहराले बताउनुभयो ।

नागरिकता, राहादानी लगायतका जुन सेवा लिँदा पनि पर्याप्त र पूर्ण सक्कल कागजातसहित आउनु पर्नेछ । प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले मंगलबारबाट लागू गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप टाइमकार्ड लागू गरिने निर्णय गरिएको हो । यस्तै, मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयमा सूचना प्रविधि सहायता कक्ष पनि स्थापना गरिएको छ । सूचना प्रविधिको विकास तीव्र भए पनि आम सेवाग्राहीको उक्त प्रविधिमा सेवाग्राहीको पहुँच कमजोर भएकाले सो कक्ष कार्यालय परिसरमा ल्याइएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?