सिटीसँग चेल्सी पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ ।

बिहीबार राति सिटीले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा १–० गोल अन्तरमा हराएको हो । सिटीको जितमा रियाद महारेजले निर्णायक गोल गरे ।

यो सिजन खराब लयमा रहेको चेल्सीको यो छैठौं हार हो। १७ खेल खेलेको चेल्सीले ७ जित, ४ बराबरी र ६ हारसहित २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ।

सिटीसँगको हारसँगै चेल्सीको शीर्ष चारमा सम्भावना थप कमजोर बनेको छ। यो जितसँगै दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?