आमचोक गाउँपालिकाद्वारा अनलाइनबाट तलव भत्ता भुक्तानी दिन शुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । स्थानीय तहले चाहे भने सेवा सुबिधालाई प्रभावकारी बनाउन सक्छन भन्ने उदाहरण भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिका भएको छ । प्रबिधिको पहुँचसँगै पालिकाले कर्मचारी र शिक्षकहरुको तलव अनलाइन प्रबिधि मार्फत भुक्तानी गर्ने ब्यवस्था मिलाएको छ ।

पालिकाहरुको केन्द्रसम्म पुगेर स्थानीय बैंकहरुमा धाउनु पर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईको भनाई छ । संघीयता कार्यान्वयनले सदरमुकामसम्म पुगेर बैकिङ कारोवार गर्नु पर्ने बाध्यता हटे पनि गाउँमा भने कायम नै थियो । गाउँपालिकाले अव पालिका भित्रका सवै कर्मचारी र शिक्षकहरुको तलव भत्ता भुक्तानी इएफटी (अनलाइन) मार्फत हुने ब्यवस्था मिलाएको हो ।

इएफटी मार्फत ब्यक्तिगत खातामा शिक्षकहरुको तलव भत्ता निकासा हुने भएकाले सहजता भएको गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका अन्तर्गत संचालनमा रहेका सम्पूर्ण सामुदायिक बिद्यालयमा कार्यरत सवै प्रकारका शिक्षकहरु, प्रारम्भिक बालबिकास सहजकर्ता र बिद्यालय कर्मचारीहरुको आर्थिक बर्ष ०७९/०८० को दोश्रो त्रैमासिक बापतको तवल भत्ता अव बिद्युतीय फण्ड ट्रान्सफर (इएफटी) प्रणाली मार्फत भुक्तानी गरिने छ ।”

गाउँपालिकाले कार्यरत अन्य कर्मचारीहरुको तलव भत्ता अनलाइन मार्फत भुक्तानी सुरु गरेको भए पनि शिक्षकहरुको भने कार्यान्वयन हुन सकेको थिएन । सवै शिक्षकहरुले पनि अव कर्मचारीको जस्तै अनलाइन भुक्तानी पाउने गाउँपालिकाका लेखा शाखा प्रमुख बिनोद खत्रीले बताउनुभयो ।

सबै शिक्षक कर्मचारीको तलब नगद बोकेर ल्याउँदा हुने जोखिम शिक्षा क्षेत्र पालिका मातहतमा आएसँगै कम भएकोमा अब अनलाइन मार्फत तलब भत्ता प्राप्त गर्दा जोखिम पनि हटेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राउतको धारणा छ । गाउँपालिकाले इएफटी (अनलाइन) मार्फत् तलब भुक्तानी गर्ने भएपछि गाउँपालिका भित्र कार्यरत शिक्षकहरुले पनि राहत मिलेको महशुस गर्नु भएको छ ।

अहिलकोे आधुनिक प्रबिधिको समयमा नयाँ प्रणाली बिस्तार हुन आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई रहेको छ । हामीले शिक्षकहरुको तलव भत्ता बापतको रकम अनलाइन मार्फत भुक्तानीको ब्यवस्था मिलाएसँगै शिक्षकहरुलाई पनि तलव भत्ताका लागि अन्यत्र धाउनु पर्ने बाध्यता हटेको छ, जसले शिक्षकलाई पनि राहत मिल्यो, प्रमुख प्रशासकीय अधिकृत राईले भन्नुभयो ।

भोजपुरमा रहेका अन्यपालिकाहरुले समेत अनलाइन तलव भत्ता भुक्तानीको ब्यवस्था मिलाउनु पर्ने शिक्षकहरुको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?