छिमेक लघुवित्तमा मोबाइल बैंकिङ

Read Time = 1 min

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत् डिजिटल कारोबार सुरु गरेको छ । मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारलाई क्यासलेस गर्न सकिने भएकाले डिजिटल कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ । एपअन्तर्गत कनेक्ट आइपिएस र फोनपे सर्भिसमार्फत् नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थामा सजिलै फण्ड ट्रान्सफर गर्न र युटिलिटी पेमेन्टको सुविधा प्रयोग गर्न सकिन्छ ।

लघुवित्तमा आबद्ध सदस्यले एपबाट आफ्नो इकाई (केन्द्र) बैठकबारेमा जानकारी लिन र कारोबार सफलताबारेमा एपमार्फत् जानकारी प्राप्त गर्न सक्नेछन् । २०७७ फागुनदेखि इसेवामार्फत् ग्र्राहकलाई किस्ता तिर्ने सुविधा प्रदान गरेको कम्पनीले आगामी तीन वर्षमा ४० प्रतिशत ग्राहक सदस्यलाई मोबाइल बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?