बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढीपहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

उद्धार र राहतमा खटिएका जनशक्ति पर्याप्त नरहेको भन्दै उनीहरूले तत्काल बाढीपहिरो प्रभावित क्षेत्रमा पर्याप्त जनशक्ति खटाइ पीडितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा परेको भन्दै सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

आफ्नो जिल्लामा गएको बाढीपहिरोबारे जानकारी दिँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । यसरी ध्यानाकर्षण गराउने सांसदहरूमा लक्ष्मी परियार, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, विनाकुमारी बुढाथोकीलगायत हुनुहुन्छ ।

साथै वर्षासँगै थुप्रिएका फोहोरले जनस्वास्थ्यमा असर गर्ने भन्दै विनाकुमारी श्रेष्ठ, विष्णु शर्मासहितका सांसदले सरकारको ध्यानाकर्षण गराउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?