गोदरेजको नयाँ एसी

Read Time = 2 mins

काठमाडौं । रेफ्रिजिरेटर ब्राण्ड गोदरेजले नयाँ इन्भर्टर एयर कन्डिसनर (एसी) नेपाली बजारमा ल्याएको छ । गोदरेज इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । गोदरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कार्बोन फिल्टर रहेकाले अनावश्यक प्रदूषण, किटाणुहरू ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरण स्वस्थ पार्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार एसी आर ३२ इको रेफ्रिजिरेन्ट भएको र ५२ डिग्रीसम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ । टुइन रोटरी इन्भर्टर टेक्नोलोजीमा आधारित एसीले विद्युत् बचत गर्नुका साथै छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ ।

गोदरेजको एयर कन्डिसनरमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको छ । साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एण्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । गोदरेजको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?