नेपाल भर्चुअल एजु फेयर सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भर्चुअल एजुकेशन प्रालिले विगत वर्षहरू जस्तै यस वर्ष पनि मंगलबारदेखि नेपाल भर्चुअल एजु फेयर सुरु गरेको छ । आयोजकका अनुसार स्नातक तहका व्यवस्थापन आइटी, इञ्जिनियरिङलगायतका विभिन्न विधा सञ्चालन गरेका कलेजहरूले भर्चुअल एजु फेयरमार्फत् आफ्नो कलेजको प्रवद्र्धन गर्ने अवसर पाएका छन् भने स्नातक तहमा पढ्ने तयारी गरेका, प्लस टु पास भएका विद्यार्थीले कुन विधा र कुन कलेज आफ्नो उपयुक्त हुन्छ भनेर घरमै बसी-बसी भर्चुअल टुरमार्फत् जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

साथै नेपाल एजु फेयरमा रजिस्ट्रेशन भएका विद्यार्थीले विभिन्न कलेजमा पूर्ण र आंशिक दुवै खालको छात्रवृत्तिसमेत प्राप्त गर्न सक्ने अवसर पनि रहेको भर्चुअल एजु फेयर सञ्चालकका एकेडेमिक हेड राजेन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?