महोत्तरीमा ‘पत्रकार’ नै मिटरब्याजी, न्याय पाउन पीडितको निवेदन

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । महोत्तरीमा मिडिया व्यवसायीले नै मिटर व्याजवाट पीडित बनाएको आरोपमा पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

जिल्लाको बर्दिबासमा ‘प्रभात सन्देश’ नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलांगे र मनोज थापाविरुद्ध उनीहरूले निवेदन दिएका हुन् । बर्दिबास-३ मा स्थायी घर भएका दुवै जना श्रीमान्, श्रीमती हुन् ।

घर छेउमा नै बसोबास गर्ने उनीहरूका छिमेकी र आफ्न्तले आफूहरू पीडित भएको भन्दै प्रशासन कार्यालयमा मंगलबार निवेदन लिएर आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । निवेदक मध्ये रामकुमार परियारले ४ लाख ९५ हजार सावा ऋण लिएर ७ लाख ९५ हजार बुझाउँदा पनि जालसाजी गरेर आफ्नो घर नै उनीहरूले आफ्नो नाममा बनाएको निवेदनमा उल्लेख गरेका छन् । पत्रकार थापाको कारणले आफू सडकमा आइपुगेको र बत्ती, पानीसमेत आफ्नो नाममा ल्याएर घरबाट निकाल्ने धम्की दिँदै आएको पीडित परियारले बताएका छन् ।

यसैगरी अर्का पीडित अनिता तोलांगेले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् । घरायसी खर्चको लागी मिडिया व्यवसायी तोलाङ्गेसगँ २ लाख ५० हजार ऋण लिएको र उक्त ऋण ५० प्रतिशत भन्दा बढी चर्को ब्याज तिरेर सावासमेत चुक्ता गर्दा पनि विभिन्न घरमा आएर धम्की दिने गरेको उनको भनाइ छ । परियार र तोलांगे जस्तै अन्य दुई जनाले पनि मिडिया व्यवसायी तोलांगेका विरुद्ध न्यायको माग गर्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल पत्रकार माहासंघ महोत्तरीको कार्यसमिति सदस्यसमेत रहेकी तोलांगेका विरुद्ध परेको निवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइ सकिएको पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पत्रकारिताको आडमा चर्को ब्याज असुलेर ठगी धन्दा गरेको भन्दै उनीहरूका छिमेकी एकाएक सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?