प्रदेश १ मा आज नयाँ सरकार बन्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रदेश नम्बर १ मा आज नयाँ सरकार गठन हुने भएको छ ।

सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज (आइतबार) ५ बजेसम्मका लागि समय दिनुभएको छ । बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरूले दावी पेश गर्ने तयारी गरिरहेका छन्।

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ।

नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन । जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?