अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न धादिङ प्रशासनको निर्देशन

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । पुस २२ गते शुक्रवार एक सूचना जारी गदै प्रशासनले कानुन बमोजिम दर्ता नगरी सञ्चालन गरेका, नविकरण नभएका उद्योग र आयोजना अवधिका लागि मात्र अनुमती लिई सञ्चालन भएका तर आयोजना सम्पन्न भएपछि पनि सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

सबै क्रसर तथा बालुवा प्रशोधन व्यवसायीहरुले कानून बमोजिम दर्ता नविकरण भएका कागजातहरु घरेलु तथा साना उद्योग कार्यालयमा पुस २५ गते सोमबारसम्म बुझाउन समेत प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले निर्देशन दिनु भएको छ । अबैधरुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन व्यवसायीहरुले आ-आफ्नो व्यवसाय बन्द गरी छानबिनमा सहयोग गर्न आग्रह गर्नु भएको छ । साथै जिल्लाका सबै पालिकाले आफनो पालिका भित्र रहेका व्यवसायीहरुको कागजात संकलन गर्ने कार्यमा सहजिकरण, समन्वय र सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

यस्तै पुस २० गते बुधवार सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले प्रचलित कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको थियो । कानुनविपरीत ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले उक्त परिपत्र जारी गरिएकोे गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

गृह मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा विभिन्न आयोजना, विकास तथा निर्माणका क्रममा सोही आयोजनाका लागि आवश्यक परिमाणमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योगी/निर्माण व्यवसायीले आयोजना समाप्त भएपश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?