काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन बसेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
“बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ”, उहाँले भन्नुभयो । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी हुनुहुन्छ । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच