जसपा मधेश प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी

Read Time = 1 min

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम समयमा उम्मेदवारी दिनुभएन । उहाँले सरोजकुमार यादवलाई समर्थन गर्नुभएको छ । संसदीय दलका नेताका उम्मेदवार राउत यसअघि मधेश प्रदेशको मुख्यमन्त्री तथा यादव प्रदेश सभामुख हुनुहुन्थ्यो ।

आज साँझ ५ बजेदेखि ६ बजेसम्म चुनाव निर्वाचन हुनेछ । जसपाका प्रदेशसभा सदस्यमा १६ जना हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?