सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको हो।

छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उहाँले समाजवादको मूल्य मान्यतामा रहेर देशको समृद्धिको बाटोमा हिँड्नुपर्ने बताउनु भयो

भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहिनतालाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै  अध्यक्ष नेपालले सुशासनको प्रत्याभूति गराएर सबै क्षेत्रमा रहेका विचौलियाहरू, सेटिङ गर्ने सिस्टम भत्काउने काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

देशको अर्थतन्त्र संकटग्रत रहेकाले यसप्रति सबैको ध्यान जानुपर्ने भन्दै उहाँले चर्को ब्याजले सबै व्यवसाय धरासयीमा परेको बताउनु भयो । संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने, कृषिक्षेत्रको विकास गर्नेलगायतका विषयमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ छ ।

मिटरब्याजी समस्याले जनताको जीवन नरकतुल्य बनाएको भन्दै उहाँले यसप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । मलखाद तथा किसानको समस्या समाधान गर्न आग्रह गर्दै उहाँले प्रत्येक वर्ष व्यहोर्नुपर्ने शीतलहर, हिमपात, बाढीपहिरोको दिगो समाधानमा काम गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?